अनुसूची
अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताका धाराहरूको धारा ३ को दफा ४

दफा–४ मुद्राको सट्टा ऋणपत्रहरू स्वीकार गर्नेः कोषले कुनै पनि सदस्यबाट कोषको साधारण
खातामा रहेको सदस्यको मुद्रामध्ये कोषको कारोबार (ट्रान्जाक्शन) र सञ्चालन (अपरेशन) का लागि
नचाहिने भनी निर्णय गरे अनुसारको कुनै पनि अंशको सट्टा सदस्यले वा धारा १३ को दफा २ अन्तर्गत
सदस्यले मनोनित गरेको डिपोजिटरीले जारी गरेको अविनिमेय, निब्र्याजी र कोषले मागेको बखत मनोनित
गरेको डिपोजिटरी कहाँ खोलिएको कोषको खातामा जम्मा गरी अङ्कित मूल्य (फेस भ्यालू) मा भुक्तानी
दिनुपर्ने नोट वा यस्तै अरू ऋणपत्रहरू स्वीकार गर्नेछ । यो दफा कोषले सदस्यहरूबाट चन्दाको रूपमा
प्राप्त गरेको मुद्राको हकमा मात्र लागू हुने नभई कोषलाई अरू प्रकारबाट तिर्नु पर्ने वा कोषले प्राप्त गरी
साधारण खातामा रहने जुनसुकै मुद्राको हकमा लागू हुनेछ ।